• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ : योगेश भट्टराई

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ९, बिहीबार १४:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेका सचिव योगेश भट्टराईले कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् । उनले बिहीबार एक वक्तव्य जारी गर्दै नयाँ पुस्ताको भावना र माग सम्बोधनसहित निर्वाचनमार्फत संविधानलाई ‘ट्रयाक’मा ल्याउनु पहिलो काम भएको पनि बताए । उनले केही परिमार्जन आवश्यक भएको भन्दै संविधानले देखाएको बाटोबाटै परिमार्जन गर्न सकिने उल्लेख गरे ।

    उनले भने– ‘आज अत्यधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ? हामीप्रति आशाले हेरिरहनुभएका अधिकांश बुद्धिजीवी, नेता तथा कार्यकर्ता, शुभेच्छकहरूको भनाइ छ, ‘अब पुनर्गठनविना सम्भव छैन ।’ मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ ।’

    उनले चेतना अवस्थासँगै विकसित हुने र वर्गसंघर्षले यसलाई नयाँ स्तरमा पुर्‍याउँने बताएका छन् । उनले भने– ‘अवस्था अभूतपूर्व रूपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी बिलकुल नयाँ चेतनामाथि उभिएका छौँ । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन्, तर नयाँ जन्मिन हिच्किचाउँछन् । यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’ उनले पार्टी नेतृत्वको सम्मानसहित पुनगर्ठनमा जोड दिएका छन् ।

    उनले अगाडि भनेका छन् – ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु– उहाँहरूको सम्मानसहित पुनर्गठन ।’ पुनर्गठन र रूपान्तरणको आवाजलाई नेताहरूमाथिको प्रश्न अथवा अपमानका रूपमा अर्थ लगाउनु गलत हुने उनले बताएका छन् ।

    Post Views: 107
    प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार १४:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.