ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ परेकी छन । उनलाई प्रहरीले युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको हो ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका– १६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेको प्रहरीले जनाएको छ ।
ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन्। प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको जनाएको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।






