भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा दमन गरेको भन्दै घटनाको अनुसन्धान गर्न गठित जाचबुझ आयोगले पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि सहित पाँच जना विरुद्ध कठोर निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुको बिदेश भ्रमण रोक लगाउनुका साथै उपत्यका छाड्न समेत बन्देज लगाएको छ । आयोगद्वारा प्रेषित विज्ञप्तीमा भनिएको छ ,“ भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने। तपसिल १. पूर्व प्रधानमन्त्री, के.पि. शर्मा ओली २. पूर्व गृहमन्त्री, रमेश लेखक ३. पूर्व गृह सचिव, गोकर्णमणि दुवाडी ४. पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा ५. पूर्व प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल ।
पूर्वप्रधानमन्त्री ओलीसहित पाँचजनालाई बिदेश भ्रमणमा रोक ,उपत्यका छाड्न स्वीकृति माग्नुपर्ने
पूर्वप्रधानमन्त्री ओलीसहित पाँचजनालाई बिदेश भ्रमणमा रोक ,उपत्यका छाड्न स्वीकृति माग्नुपर्ने

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





