सरकारले आगामी २० गते सोमबारसम्मका लागि राजधानी काठमाडौ आउने र काठमाडौँबाट बाहिर जाने सबै खाले सवारी आवागमनमा रोक लगाएको छ ।
आगामी सोमबारसम्म भारी वर्षा हुने जल तथा मौषम विज्ञान विभागको पूर्वानुमान अनुसार राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार अत्यन्त जरुरी सूचना निकाल्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
यो समयमा अत्यावश्यक बाहेका अरु सवारी चल्ने छैनन् । संभावित जोखिम न्यूनिकरण गर्न कोशी, मधेश , बाग्मति गण्डकी र लुम्बिनी प्रदेश तर्फ जाने र ती प्रदेशबाट काठमाडौ भित्रने सवारी आवातजावतमा रोक लगाईएको प्राधिकरणको सूचनामा उल्लेख छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायले सवारीसाधन बन्द गराउन तथा निरन्तर अनुगमन तथा निगरानी गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।







