ताप्लेजुङबाट धरान तर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो पाँचथरमा दुर्घटनामा परेको छ ।
पाँचथर सदरमुकामबाट झण्डै डेढघण्टा टाढा रहेको तमोर करिडोरमा दुर्घटना भएको पाँचथर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षाकर्मी घटनास्थलतर्फ लागेको छ । दुर्घटनामा भएको क्षति र विवरण आउन भने केही समय लाग्ने जनाईएको छ ।






