• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जवाफ चाहियो सरकार – सुदन गुरुङ कुन हैसियतमा विपद् प्राधिकरणको बैठकमा सहभागी भए ?

  •  अर्जुनदृष्टि
  • २०८२ आश्विन १९, आईतवार ०९:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजी आन्दोलनको अगुवाका रुपमा अगाडि सारिएका सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भएर निर्देशन दिएको विषयको सर्बत्र आलोचना भएको छ । सरकारी बैठकमा कसरी अनधिकृत मान्छे पुगेर निर्देशन दिनुलाई सामान्य कुरा मान्न नसकिने धेरैको भनाई छ । तर सरकार भने यो विषयमा मौन छ । गुरुङ न विपद्को कुनै विज्ञता भएको मान्छे हुन न त सरकारी कर्मचारी उनी सो बैठकमा कसरी पुगे कसले उनलाई बोलायो सो विषयमा समेत छानविन गरि बैठकका बारेमा उनलाई जानकारी दिनेलाई कारवाही गरिनुपर्छ ।

    गुरुङले शनिबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको बैठकमा सहभागी भइ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट लगायतलाई विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिए र त्यो निर्देशन दिएको भिडियो आफैले सार्वजनिक गरे । यो संगै गुरुङको हैसियतका बारेमा आम मान्छेले प्रश्न गरेका छन् । सरकारी बैठकमा उनलाई कुन हैसियतमा राखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    प्राधिकरणमा उनी गृहमन्त्रीभन्दा माथि झण्डै झण्डै प्रधानमन्त्रीकै शैलीमा प्रस्तुत भएका थिए । सरकारले अनधिकृत मान्छेलाई सरकारी बैठकमा कुन हैसियतमा राखेको प्रष्ट पार्नुपर्ने आवाज पनि सामाजिक संजालमा उठेका छ । कानुनी शासन, पारदर्शिता, र सुशासनको नारा लगाउने सरकारले अपारदर्शी रुपमा कानुनी शासनको खिल्ली उठाउँदै सरकारी निकायको बैठकमा अनाधिकृत मान्छे प्रवेश गराएर सरकारी कर्मचारीहरूलाई निर्देशन दिन लाउने सरकारलाई कसरी नागरिक सरकार भन्ने प्रश्न पनि सामाजिक संजालमा उठाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्यक्ष गृहमन्त्री हुन गर्दछ । र सो बैठकमा गृहमन्त्री कै शैलीमा गुरुङको निर्देशनले विपतका बेलमा काम गर्ने कर्मचारीको मनोबल कहाँ पु¥याइएको छ । यसबारेमा सरकारले बोल्न पर्दैन ? सरकारले जवाफ दिन पर्देन ? अहिलेको मुख्य प्रश्न भनेको सुदन गुरुङले के बोले ? कसैलाई उनको निर्देशन वा सुझाव आवश्यक थियो थिएन भन्ने होइन, प्रश्न त उनी कुन हैसियतमा बैठकमा बसे? असम्बन्धित मानिसले निर्देशन वा सुझावले सम्बन्धितमा पर्ने मनोवैज्ञानिक असर के हुन्छ भन्ने हो । अनि मुख्य कुरा सरकारी संस्था र सरकारी बैठकलाई टोलका चिया पसल र भट्टी जस्तै बेतुकका गफ छाँट्ने थलो बनाउन लागेको हो ? यो विषयमा अन्तरिम सरकार प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ ।

    यसैका लागि अन्तरिम सरकार प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिनिधिसभा विघटनको मरिहत्ते गरेको हो ? नत्र प्रतिनिधिसभा भएको भए सरकारले जथाभावी गर्दा प्रश्न उठ्थ्यो जवाफ दिन पर्दथ्यो । अहिले जुन प्लेटफर्म कब्जा गरेर यो सरकारलाई जन्माए त्यही प्लेटफर्ममा सुदन गुरुङ सरकारी बैठकमा कुन हैसियतमा सहभागि भएको भन्ने प्रश्न उठेको छ । सरकारले जवाफ दिनै पर्छ ।

    Post Views: 2,234
    प्रकाशित मिति: २०८२ आश्विन १९, आईतवार ०९:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.