नेपाली कांग्रेसका १४ वटा भ्रातृसंस्थाहरूले बाढीपहिरोका कारण इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवकहरूमा अपिल गरेका छन् । पार्टी कार्यालय सानेपामा बैठकपछि १४ भ्रातृ संस्थाका प्रमुखहरूले विज्ञप्ति जारी गर्दै थप तदारुकताको अपिल गरेका हुन् ।
थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवकहरूमा अपिल गरेको छ । ूविपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो । यो कर्तव्यमा अझ ऐक्यबद्ध भएर उद्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रवल ढंगले सहभागी हुन सबै राजनैतिक दल, भातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरू र स्थानीय स्वयंसेवकहरूलाई अपिल गर्दछौँ,ू कांग्रेसले भनेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले विपदसँग जुध्न भातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत कार्य गर्ने निर्णय गरेको छ । ठाउँठाउँमा भातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेको कांग्रेसले जनाएको छ ।
भ्रातृ संस्थाहरुको संयुक्त अपील___
उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुटौं
(नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा १९ असोजमा बसेको भ्रातृ संस्था अध्यक्ष र प्रतिनिधिहरुको संयुक्त बैठक पश्चात् जारी अपील )
भारी बर्षाका कारण देशभरनै जनजीवनलाई असर परिरहेको अवस्था दृस्टिगत गर्दै देशव्यापी एकता र देशव्यापी सतर्कताको अपील गर्दछौं l विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको `स्वयंसेवि समुह´ मार्फत कार्य गर्ने निर्णय गरिएको छ l प्रभावित क्षेत्रमा सोही अनुरुप समन्वय, सहजीकरण र स्वयंसेवामा उत्रीने क्रम शुरु गरिएको छ l प्रभावित क्षेत्रका साथीहरूलाई उच्च मानवीय भावले स्वयंसेवामा सहभागी बन्न आग्रह गर्दछौं l
बिशेष गरेर कोशी र मधेस प्रदेशमा झनै उच्च सतर्कता राखेर विपदसँग जुध्नुपर्ने भएको छ l इलाम जिल्लामा ठूलो संख्यामा भएको मानवीय क्षति, पाँचथर, रसुवा, उदयपुर,रौतहट लगायत अन्य जिल्लामा बाढी पहिरोमा भएको मानवीय क्षतीले हामी सबैलाई मर्माहत बनाएको छ l जीवन गुमाउने सबैको आत्मा शान्तिको कामना गर्दै
थप मानवीय क्षती हुन नदिन राज्यको अझै गम्भीर तदारुकताका लागि अपिल गर्दछौं l
वृद्दावस्थाका आमाबुबा, बिरामी, अशक्त नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, गर्भवती र सुत्केरीको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकता राखेर कार्यगर्न राज्य र सबै स्वयंसेविलाई आग्रह गर्दछौं l
देशभर सडक यातायात अबरुद्ध भइ बाटोमा अलपत्र परेका यात्रीको यथासक्दो छिटो उद्धार गरि गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउन, पहिरो तथा डुबानमा बेपत्ता नागरिकको द्रुतस्तरमा खोजि एवं घाइतेलाई सम्पुर्ण उपचारको व्यवस्था गर्न सरकारको बिशेष ध्यानाकर्षण गराउँदछौं l
बाढी पहिरोका कारण देशभरका श्रमिक र किसानहरुले झनै पिडा व्यहोर्नुपरेको छ l अत खेतिको क्षति विवरण संकलन गरेर राहतको व्यवस्था गर्न सरकारसंग माग गर्दछौं ।
विपत्तिको यो क्षणमा सबैखाले विमतिलाई थाती राखेर उद्धार,राहत र पुनर्स्थापनामा जुट्न भ्रातृ संस्थामा आवद्ध सबै आदरणीय साथीहरुमा फेरिपनि अपिल गर्दछौं ।
जय नेपाल ।
१. उषा राउत, अध्यक्ष, नेपाल महिला संघ, केन्द्रीय समिति
२. विद्द्वान गुरुङ, अध्यक्ष, नेपाल तरुण दल, केन्द्रीय समिति
३. दुजाङ शेर्पा, अध्यक्ष, नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति
४. बालकृष्ण दाहाल, नेपाल प्रजातन्त्र सेनानी संघ, केन्द्रीय समिति
५. गणेशचन्द्र तिमल्सिना, अध्यक्ष, नेपाल किसान महासंघ, केन्द्रीय समिति
६. लोकबहादुर विश्वकर्मा, अध्यक्ष, नेपाल दलित संघ, केन्द्रीय समिति
७. गर्जबहादुर गुरुङ, अध्यक्ष, नेपाल भुतपुर्व सैनिक संघ, केन्द्रीय समिति
८. ओमबहादुर घर्तीमगर, अध्यक्ष, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
९. माधवप्रसाद चम्लागाई, अध्यक्ष, नेपाल लोकतान्त्रिक अपांग संघ, केन्द्रीय समिति
१०. अतावुल मन्सुरी, अध्यक्ष, नेपाल मुस्लिम संघ, केन्द्रीय समिति
११. शिवनारायण महतो गुरौ, अध्यक्ष, नेपाल थारु संघ, केन्द्रीय समिति
१२. देवेन्द्र शेरचन, अध्यक्ष, नेपाल लोकतान्त्रिक खेलकुद संघ, केन्द्रीय समिति
१३. इच्छुराम रानामगर, अध्यक्ष, नेपाल राष्ट्रिय मगर संघ, केन्द्रीय समिति
१४. रामकृष्ण `इन्द्र´ लामा, अध्यक्ष, नेपाल तामाङ संघ, केन्द्रीय






