अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात भइसकेको दाबि गरेकी छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले जेन्जीहरूले उठाएका मागहरूप्रति आफूहरु सकारात्मक रहेको बताएकी छन् ।
कार्कीले आफ्नो उदेश्य भ्रष्टाचारको अन्त्य ,सुशासनको सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गरिन्।
यसको नतिजा छिट्टै आउने भन्दै उनले कसैको प्रभावमा नपरी निष्पक्ष काम काम गर्न छानमिन आयोग र प्रहरीलाई अनुरोध गरेकी छन् ।






