नेकपा एमालेका नेता महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङबाट सुरु गर्न माग गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो ।
बस्नेतले पत्रकार सम्मेलन गर्दै सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनि प्रश्न गरे । उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे ।
उनले भने –‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’






