नेपाली कांग्रेसका पुर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न आग्रह गरेका छन । पार्टीको नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने मुद्दा पेचिलो बनिरहेका बेला कोइरालाले पार्टिको कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न सभापती देउवालाई आग्रह गरेका हुन् ।
सानेपास्थित पार्टी मुख्यालयमा भएको पदाधिकारी र पुर्व पदाधिकारिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्ने र त्यसको तयारीका लागि पार्टीको नयाँ नेतृत्व हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन नै गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेको छु— तपाईंले अहिलेको कार्यसमिति विघटन गरेर एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। त्यसपछि उनले नयाँ संरचना बनाउने र महाधिवेशनको मिति तय गर्ने जिम्मा लिनुहोस्।’ डा. कोइरालाका अनुसार, कार्यवाहक सभापतिले पार्टीभित्र नयाँ ऊर्जा सिर्जना गर्ने र महाधिवेशन तयारीलाई तीव्रता दिने जिम्मा पाउनेछन्। उनले मङ्सिरसम्ममा महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।
सरकारले निस्पक्ष र धादलिरहित चुनावको बिश्वास दिलाउनुपर्ने कोइरालाको धारणा छ ।






