• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वासिङ्टन पोष्टले लेख्यो –“बिपिन जोशी जीवित छन् ।”

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २६, आईतवार ०९:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको सार्वजनिक भएको छ । अमेरिकाको वासिङ्गटन पोस्टले विपिनसहित २२ बन्दीहरू जीवितै रहेको सार्वजनिक गरेको हो ।

    २२ जना बन्धकको नाम सूची सार्वजनिक गर्दै पोष्टको समाचारमा उल्लेख छ, “उनी गाजामा जीवित रहेको विश्वास गरिने एक मात्र गैर–इजरायली बन्धक हुन् ।” पछिल्लो केही दिन यता विपिनको अवस्था अज्ञात रहेको समाचारहरु सार्वजनिक हुन थालेपछि उनको विषयमा थप अन्योल बढेको थियो । जोशी जिवितै रहेको इजरायलले पनि विश्वास गरेको छ ।

    हमासले भने अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन । केही दिन अघि विपिन अपहरणमा परेपछि हमासको कब्जामा रहेको अवस्थाको उनको पुरानो भिडियो सार्वजनिक भएको थियो ।हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ ।

    इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ । हमास र ईजरायलबिच शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

     

    Post Views: 174
    प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार ०९:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.