• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

वर्तमान राष्ट्रपति झै कार्यवहाकबाटै विदा होलान कि वीपी र भट्टराई जस्तै सभापति बन्लान पूर्णबहादुर

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ३०, बिहीबार १४:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग्दै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि कार्यवाहकको जिम्मेवारी सुम्पिए । हुन त नेपाली कांग्रेसको इतिहाँसका वीपी कोइराला मातृकाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई र सुशील कोइराला रामचन्द्र पौडेलसम्म कार्यवाहक सभापति बनेका छन् ।

    मातृकाप्रसाद कोइराला नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा यो पार्टीमा संलग्न थिएनन् । सभापति टंकप्रसाद आचार्य जेलमा हुँदा नै कार्यवाहक सभापति बीपी कोइराला पनि पक्राउ परे । यो अवस्थामा नेपाली राष्ट्रिय कांग्रेसको २००३ चैत २७ र २८ मा जोगवनीमा भएको सम्मेलनले मातृकालाई कार्यवाहक सभापति बनाएको थियो । उनी पार्टी सदस्य र कार्यवाहक सभापति एकै पटक भएका थिए । २००३ माघ १३ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा बीपी कोइराला संस्थापक कार्यवाहक सभापति भए । सभापति आचार्य जेलमा रहेकाले वास्तविक नेतृत्वमा बीपी नै थिए ।

    यसपछि वीपी कोइरालाले नेता कृष्णप्रसाद भट्टराईलाई २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए । भट्टराईले १४ वर्षसम्म कार्यवाहक सभपाति जिम्मेवारीमा रहे ।

    त्यसैगरी २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणसँगै सभापति गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । २०७२ साल माघ २६ गतेको सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल स्वतः कार्यवाहक सभापति बने ।

    बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलबाहेक नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका सबैजना सभापति बनेका छन् । वीपी कोइराला लामो समय सभापति बने भने मातृकाप्रसाद कोइराला पनि कार्यवाहक सभापति पछि पार्टीका सभापति भएका थिए । त्यसपछि कार्यवाहक सभापति बनेका कृष्णप्रसाद भट्टराई प्रजातन्त्र पुनःस्थापनापछि झापामा सम्पन्न आठौं महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भए ।

    त्यसैगरि २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणसँग कार्यवाहकको जिम्मेवारी पाएका सुशील कोइराला १२ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए । उनी शेरबहादुर देउवालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

    १३ औं महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन भइरहदा २०७२ साल माघ २६ गते सुशील कोइरालाको निधन भएपछि स्वतः कार्यवाहकको जिम्मेवारी पाएका बर्तमान राष्ट्रपति पौडेल १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । शेरबहादुर देउवा १३ औं महाधिवेशनमा पौडेललाई पराजित गर्दै र १४ औं महाधिवेशनमा डा शेखर कोइरालालाई पराजित गर्दै सभापति भए ।

    तर भदौ २३ को जेनजीहरूको विद्रोह र भदौ २४ को विध्वंसपछि उत्पन्न विषम परिस्थितीमा नेपाली कांग्रेसको सभापतिबाट विश्राम लिदैं कार्यवाहकको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्कालाई दिए । अब खड्काको काँधमा कांग्रेसको १५ औं महधिवेशन गराउनुपर्ने दायित्व छ । यो दायित्व पूरा गर्दै खड्का नेपाली कांग्रेसको सभापति बन्लान कि बर्तमान राष्ट्रपति पौडेल जस्तै पार्टीको सर्वोच्च पद पार्टी सभापति नबनिकन विदा लेलान त्यो हेर्न पख्नै पर्छ ।

    Post Views: 388
    प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहीबार १४:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गृहमन्त्री गुरुङले दिए राजीनामा
    गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद
    दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
    Advertisement
    ताजा अपडेट
    • १. गृहमन्त्री गुरुङले दिए राजीनामा

    • २. गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद

    • ३. दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

    • ४. तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

    • ५. युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.