ओमानमा बिश्वकप छनौट प्रतियोगिता खेलिरहेको नेपाली राष्ट्रिय क्रीकेट टिमले सामोआ लाई विशाल लक्ष्य दिएको छ । छनोटको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २११ रन बटुलेको हो ।
आज नेपालका तर्फबाट ओपनर आसिफ सेखले सर्वाधिक ६९ र उपकप्तान दिपेन्द्र सिंह ऐरिले ५३ रनको योगदान दिएका छन । बिश्वकपका लागि पहिल्यै छनौट भैसकेको नेपालले आज सामोआ लाई कठिन लक्ष्य दिएको हो ।
सामोआ ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ






