• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपालले इरानसँग खेल्दै, पहिलो खेलमै जित निकाल्ने नेपालको लक्ष्य

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ७, शुक्रबार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले ईरानसँग पहिलो मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ । त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता अन्तरगत आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको हो । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामामा आज ईरानसँग साँझ सवा ६ बजे सुरु हुने यो खेल भ्रमणमध्येको नेपालको पहिलो खेल हो ।

    ईरानले भने आफ्नो दोस्रो खेलस्वरुप नेपालसँग खेल्दैछ । उद्घाटन खेलमा भारतलाई २–० गोलले हराउँदै ३ अंक जोडेको फिफा वरियताको ७० औ स्थानमा रहेको ईरानलाई पाखा लगाउँदै नेपालले पहिलो खेलमै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा नेपाल रहँदा ईरान भने दोस्रो जीतको खोजीमा छ । नेपाल भने वरियताको ८९ स्थानमा छ ।

    ईरानपछि नेपालले अर्को खेल फिफा वरियतामा आफुभन्दा २६ स्थान माथि रहेको घरेलु टोली भारतसँग सोमबार खेल्नेछ । प्रत्येक टिमले दुई खेल खेल्ने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । यो प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किममा कात्तिक १३ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा विन्डोभित्र नपरे पनि यो खेललाई अन्तर्राष्ट्रिय मान्यता दिइने बताइएको छ ।

    सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाली टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, पुजा राना, सजनी थोकर, मनमाया दमाई, प्रतीक्षा चौधरी, हिराकुमारी भुजेल, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, सरु लिम्बू, सरस्वती हमाल, अनिता बस्नेत, सवीता रानामगर, मीना देउवा, रश्मिकुमारी घिसिङ, पूर्णिमा राई र रेखा पौडेल छन् ।

    Post Views: 180
    प्रकाशित मिति: २०८२ कार्तिक ७, शुक्रबार ०९:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.