सरकार, राजनीतिक दल र जेनजी अगुवासहितको त्रिपक्षीय बैठक आज बस्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर अन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बैठक आव्हान गरेकी हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा आगामी निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा र राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरुलाई डाकिएको छ । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।
उक्त छलफलमा आवश्यक सुरक्षाको प्रत्याभूति भए निर्वाचनमा सहभागि हुने राजनीतिक दलहरुले धारणा राखेका थिए ।






