राजनीतिक दलका शीर्ष नेताहरुप्रति आक्रामक देखिएको अन्तरीम सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका १६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाईएको हो ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यद्यपी सुरक्षा थ्रेट महशुस गरेमा निवेदन दिएपश्चात सुरक्षाकर्मी खटाउने नखटाउने बारे आवश्यक निर्णय गर्ने बताईएको छ ।
पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका नेपालकोे उक्त मुद्दा फैसला हुन भने बाँकी छ ।सरकारले यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितका अतिविशिष्ट पदाधीकारीको सुरक्षामा खटाईएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।






