काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।’एफसी एसियन कप क्वालिफायर- २०२७’का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
यसअघिका मुख्य प्रशिक्षक भएका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएपछि यो पद रिक्त भएको थियो ।
त्यस्तै एन्फाले वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गरेको छ । एन्फाको आपतकालीन कार्यसमिति बैठकबाट वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गरिएको जनाएको हो ।






