नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आगामी बैशाखको २७–३० सम्मका लागि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
महामन्त्री थापाले १६–१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेसमा संस्थापन र संस्ठापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक–फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।






