• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

महाधिवेशनबाट आएको नयाँ नेतृत्व, नयाँ मार्गचित्र र नयाँ संकल्पले मात्र कांग्रेस पुनर्जागरण संभव हुन्छ

  •  महेश आचार्य
  • २०८२ कार्तिक २१, शुक्रबार १३:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हाम्रो लोकतन्त्र र संविधानमा गम्भिर कम्पन उत्पन्न गर्ने गरी भएको नयाँ पुस्ताको आन्दोलनपछि पनि राजनैतिक दल र तिनका नेतृत्व तहमा अझै व्याप्त तदर्थवाद र आत्मसमीक्षा नगर्ने उदासिनता उदेकलाग्दो छ। म खासगरी कांग्रेस कार्यसमितिमा लम्बिदो अन्यौल र व्यापक सुधारको जनचाहना विपरीतका चेष्टा देख्दा अत्यन्त क्षुब्ध छु। मेरो दृष्टिमा वैधानिक, राजनैतिक र नैतिक कारणले समेत कांग्रेसले तत्काल ( विशेष होस वा नियमित) चुनाव अघि महाधिवेशन बोलाउन जरुरी देख्छु।समयले भ्याइदैन भन्नु असक्षमता र अदुरदर्शिता हुनेछ।

    महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माँग गर्दा त्यो अनुरोध नै हुन्छ तर ५४ प्रतिशतले माग गरेपछि त्यो वस्तुतः बहुमतको निर्णय सरह हुन्छ जसको उपेक्षा केन्द्रिय कार्य समितिले किमार्थ गर्न मिल्दैन। किनभने धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हो र केन्द्रिय समितिका सबै निर्णयलाइ समेत संशोधन,परिक्षण र अनुमोदन गर्ने निकाय हो। धारा ४६ अनुसार पार्टीका सबै निकायमा ५० प्रतिशत सदस्य उपस्थित भए गणपुरक संख्या पुग्छ र धारा ६६ अनुसार (अन्यथा व्यवस्था भएकोमा बाहेक) सबै तह र निकायका बैठकले सहमतिले वा सहमति नभए बहुमतबाट निर्णय गर्ने उल्लेख छ।

    पार्टीका बहुमत सदस्यको माँग र निर्णयलाई अनिवार्य वैधता प्रदानगर्ने विधानका यी प्रावधानले नै महाधिवेशनको आव्हान अपरिहार्य बनाउछन्। २४ घन्टा नबित्दै झण्डै ७६ नागरिकको कारुणिक निधन, राष्ट्रका ऐतिहासिक सम्पदा र संरचनाको विनाश, निजी क्षेत्रका लगानी, व्यावसायिक र पर्यटकिय प्रतिष्ठानको विध्वंस, पार्टीका नेता लक्षित आक्रमण तथा सरकार र संवैधानिक व्यवस्थामा उलटफेर हुने गरी एवम् आर्थिक सामाजिक क्षेत्रमा गतिरोध हुने गरी भएका यी असाधारण घटना र तिन्का कारणको गम्भिर समीक्षा आफ्ना सर्वोच्च पार्टी निकाय महाधिवेशनमा नगरी पार्टीले आफ्नो राजनैतिक र सांगठनिक औचित्य स्थापित गर्न सक्दैन।

    यी घटनाले दलहरुका शीर्ष नेतृत्वको असफलतालाई प्रमाणित गर्छन, तिनका नीति, कार्यशैली र जनभावनाप्रति उदासिन हुने प्रवृत्तिलाई बदल्ने माग गर्दछन् तथा राज्य संरचना र नीतिमा समेत व्यापक परिवर्तन गर्ने राजनैतिक निर्णय खोजेका छन्। नयाँ पुस्ताको आन्दोलनले राज्य संरचनामा व्याप्त भ्रष्टाचारको मुद्दालाई उठायो। नीति र नेतृत्वमा नैतिकताको अनिवार्यता र राज्यका अंगमा सुशासनको माग ग¥यो । युवा पुस्ताको अभुतपुर्व आन्दोलनका रुपमा प्रकट भएको यो नैतिक प्रश्नको सम्बोधन समेत कांग्रेसले आफ्नो सर्वोच्च निकाय महाधिवेशनबाट गर्नु पर्नेछ।

    Post Views: 95
    प्रकाशित मिति: २०८२ कार्तिक २१, शुक्रबार १३:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • २. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ३. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ४. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • ५. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.