अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश आर्यालले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था रहेको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्– ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ ।’






