नेकपा एमालेले आज संसद विघटनविरुद्ध सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदैछ। संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो।
२२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न गरेर भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको थियो।
कतिपय पालिकाहरुले मोटरसाइकल ¥याली मार्फत एमालेले शक्ति प्रदर्शन गर्ने तगा कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको एमालेले जनाएको छ ।
मंगलबारको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंम हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ।






