सरकारले नेपाल वायु सेवा निगममा खुल्ला प्रतिष्पर्धाबाट महाप्रबन्धक नियुक्तीका लागि लागि दरखास्त आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको म्याद राखेर विहिबार दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले निकालेको सुचनामा नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख छ ।
मन्त्रालयले www.tourism.gov.np मा गएर आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरणबारे जानकारी लिन भनेको छ ।






