नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दैछन्। ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्कीले आजदेखि नेतृत्व सम्हाल्न लागेका हुन् ।
उनलाई आज बिहान ११ बजे गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सो लगतै प्रहरी मुख्यालय नक्साल पुुगेर पदभार गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीले ३३ औँ महानिरीक्षकका रुपमा २०८४ चैत १७ सम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।






