नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्कीले आजै प्रहरी प्रधान कार्यालयमा पदभार सम्हाल्नेछन्।
चन्द्रकुबेर खापुङले उमेरहदका कारण अवकाश पाएपछि कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। उनले साढे दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन्।






