नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठकमा पार्टीको महाधिवेशनबारे देखिएको विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन बैठक बोलाएको छ ।
बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको बताइएको छ ।
असोज २८ देखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक महिना चल्दासम्म पनि फागुन २१ को चुनाव अघि कि पछि नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्नेमा नेताहरू विभाजित छन् ।






