नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति राख्दै खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व नरहेको भन्दै सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गरेका छन् । उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको बताए।
साथै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले जारी गरेको विज्ञप्तीमा भनेका छन् – ‘म खुल्ला किताब हुँ। हरेक कुरामा पारदर्शी र जवाफदेही छु। राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग मेरो नाम जोडेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
भाडा नतिर्ने र संरचना पनि खाली नगरेपछि हिजो बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहायता लिएर खाली गराएको छ।






