उपचारका लागि गत कात्तिक १० गते सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदैछन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सभापति देउवा र केन्द्रीय सदस्य डा आरजु राणा साँझसम्म आइपुग्ने बताए ।
सभापति देउवा एकमहिना अगाडि केन्द्रीय समितिको बैठकलाई पहिलो दिन सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहकको जिम्मेवारी दिएका थिए ।






