नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सदस्यहरूको बैठक आज बोलाएको छ ।
दिउँसो १ बजे पार्टी कार्यालयमा बोलाइएको बैठकमा प्रतिनिधि सभा विघटन असंवैधानिक भनिसकेको अवस्थामा यसको संवैधानिक र कानूनी परीक्षण के गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ ।
संसद विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन भइरहँदा अदालतमा भने यो विषय प्रवेश नभएको भनेर नागरिक समाज र प्रवुद्ध वर्गबाट सुझाव आएकाले निष्कर्षमा पुग्न बैठक डाकिएको एमालेले जनाएको छ ।






