• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

व्यक्ति होइन नेपाली कांग्रेस पार्टीे बलियो बनाऔं

  •  कुन्दनराज काफ्ले
  • २०८२ मंसिर ३, बुधबार १२:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली काँग्रेस जस्तो नेपालको एक जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टीे निर्माणका क्रममा थुप्रै मानिसले सहादत प्राप्त गरेका छन् । लाखौँ मानिसको पवित्र भावना, रगत र पसिनाले सिन्चिएको यो पार्टीलाई विभिन्न कालखण्डमा केही देखावटी काँग्रेसले आफ्नो बपौती भने पक्कै बनाउन कोशिश गरका हुन् । त्यलाई चिर्दै यहाँसम्म आइपुग्दा आजका दिनमा पनि नक्कली क्रान्तिकारीको खोल ओढेर सज्जन काँग्रेसी जनालाई झुक्याउने दाउमा कोही लागेको हो भने हामीले त्यस्तो महत्त्वाकांक्षा पूरा गर्न दिनुहुँदैन । बिपी कोइरालाले भनें झैं लामो वा छोटै समयको सत्ता अभ्यासले पनि भुइँफुट्टा जन्माउन सक्छ, सचेत रहनुपर्छ ।

    पार्टीको जिम्मेवार र जवाफदेही ओहदामा बसेर पार्टीे निर्माणको गहनतम जिम्मेवारी वहन गर्नुपर्नेमा राजनीतिक शक्तिको भरपूर प्रयोग गर्दै भागबण्डाको निम्छरो प्रवृत्तिको भालू चढेर कार्यकर्तालाई अनुचित दवाव र प्रभावमा पार्ने काममा चुल्लुम्म डुबेर पनि पानी माथिको ओभानो बन्ने चलाखी कसैले नगर्दा राम्रो । यति ठूलो इतिहास र बलिदानीबाट बनेको एउटा निश्चित उद्देश्यका साथ प्रतिष्ठित नेपाली काँग्रेस पार्टीलाई जम्माजम्मी आफ्नो स्वार्थ सिद्धिको साधन बनाउन खोज्ने र आफूलाई निकै अब्बल हूं भन्दै निजी व्यक्तित्त्व बनाउने लोभमा पार्टीको सम्पूर्ण व्यक्तित्त्वको चिरहरण गर्ने कामको हामी बिना सर्त विरोध गर्दछौं ।

    लोकतन्त्रको मजबुती त्यहाँका लोकतान्त्रिक संस्थाहरू बलियो भए मात्र सम्भव हुन्छ । लोकतन्त्रलाई व्यवहारमा उतार्ने राजनितिक पार्टीे वा संस्था त झन् बलियो र भरोसायोग्य हुनुपर्दछ । सिद्धान्तनिष्ठ मजबुत पार्टीे निर्माणको महत्वपूर्ण जिम्मेवारी पक्कै पनि त्यसलाई सञ्चालन गर्ने नेतृत्त्ववर्गसँग हुन्छ नै । तर त्यो नेतृत्त्व बेइमान र आफ्नो मात्र स्वार्थमा केन्द्रित रह्यो भने त्यसबाट जनताले पाउने भनेको धोखा मात्रै हो । नेपाली काँग्रेसको सन्दर्भमा हाल पार्टीको जिम्मेवार पदमा रहेका तर घोर गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेका केही व्यक्तिका शक्ति हत्याउने उग्र आकांक्षाले सिङ्गो पार्टीलाई कमजोर बनाएको छ ।

    पार्टीे दुब्लाउने तर आफू मोटाउने अभियान नै सञ्चालन गरेका नक्कली तर आकर्षक देखिने क्रान्तिकारीले पार्टीको सिद्धान्त, मूल्य र मान्यतामा ठाडो प्रहार गरिरहेको अवस्था प्रति चनाखो हुन पार्टीका आम साथीहरू र शुभेच्छुकहरूमा हार्दिक आग्रह गर्दछु । साथै देशभरका इमानदार र निष्ठावान कार्यकर्ताले एकताबद्ध भई त्यस्ता तत्त्वलाई निस्तेज गरी पार्टीे संस्थालाई सर्वोपरी राख्दै पार्टीलाई एकढिक्का बनाएर जनताको विश्वास र भरोसाको केन्द्र बनाउने काममा जुट्न अपिल गर्दछु ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमति प्रदेशसभा सदस्य काफ्लेको फेसबुकबाट

    Post Views: 101
    प्रकाशित मिति: २०८२ मंसिर ३, बुधबार १२:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.