नेपाली कांग्रेसका विशेष महाधिवेशन कि फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि महाधिवेशन भन्ने विवादमा सहमति हुन नसक्दा आज (कात्तिक ४ गते) का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अन्योलमा परेको छ ।
बुधबार अबेलासम्म पनि संस्थापन पक्षका पूर्व पदाधिकारी र महामन्त्रीद्धय आ–आफ्नै अडानमा रहेका कारण बैठक अन्यौलमा परको हो । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । सोहीदिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।
बैठकको पूर्व सन्ध्यामा सहमतिका लागि भइरहेका प्रयासले सार्थकता नपाएपछि बिहीबार बस्ने भनिएको बैठक समेत अन्योल बनेको छ। कांग्रेस उच्च स्रोतका अनुसार अब केन्द्रीय समितिको बैठक शनिबारका लागि सार्ने संभावना बढेको छ । शनिबारको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गर्नैपर्ने अवस्था रहेको स्रोतले बतायो ।






