बाराको सिमरा चोकमा बुधबार जेनजी समूहको प्रर्दशनमा प्रर्दशनकारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई जना वडा अध्यक्ष पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा उपमहानगरपालिका– २ का वडा अध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ वडा नम्बर ६ का वडा अध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरामा जेनजीका बारा संयोजक सम्राट उपाध्यायले उनीहरू विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।






