नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको आठौँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा विराटनगरले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
जितका लागि १३५ रनको चुनौती पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ । आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् ।
कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौँले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुरले एक खेल हारेको छ ।






