फागुन २१ गते घोषित प्रतिनिधी सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्न तोके अनुसार आजसम्म दलहरुले दर्ता गर्न सक्नेछन् । आयोगले गत मंसिर १ देखि आजसम्मका लागि समयसीमा तोकेको थियो ।
जसअनुसार हिजो मंगलबारसम्म ८० राजनीतिक दल आयोगमा दर्ता भईसकेका छन् । दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि दल दर्ता गराएको छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।






