नेपाली कांग्रेसका नेता कल्याण गुरुङले विशेष महाधिवेसनसँग कोही पनि नडराएको वा नतर्सिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता गुरुङले विशेष महाधिवेशनको डर देखाएर कसैले पनि आफ्नो स्वार्थ सिद्धि नगर्न आग्रह गरेका हुन् । कसै कसैलाई विशेष महाधिवेशनको विकल्प नै छैन भन्ने लाग्न सक्ने भन्दै गुरुङले पार्टीमा विशेष महाधिवेशनको पनि धेरै विकल्प नै विकल्पहरु भएको जिकिर गरे ।
विशेष महाधिवेसनका लागि भएको हस्ताक्षर सनाखत र प्रमाणिकरण गर्न पनि नेता गुरुङले माग गरेका छन् । उनले लेखेका छन् “एक, धारा १७(२) अन्तर्गत मागिएको विशेष महाधिवेशनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको अनिवार्य हस्ताक्षर माग्छ । यसैले हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण हुनु वैधानिक आवश्यकता र अनिवार्यता हो । यसैले अनिवार्यरुपमा हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण तत्काल शुरु गरौं ।”
हस्ताक्षरहरुको सनाखत गर्न पदाधिकारीहरुको एउटा समिति निर्माण गर्न आग्रह गरेका उनले सनाखत शुरु भएपछि बढीमा २५ प्रतिशत हस्ताक्षरहरुको सनाखत पनि हुने संभावना नदेखिने दाबी गरेका छन् । महामन्त्रीहरुले विशेष महाधिवेशनलाई ‘बार्गेनिंग टुल्स’को रुपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने आम धारणा विकसित भई सकेको जनाउँदै गुरुङले विशेष महाधिवेनको अग्रसरता लिनेहरु मध्येमा पनि कसरी अगाडी बढने भन्ने विषयमा एकमत नभएको टिप्पणी गरेका छन् । उनले लेखेका छन् ,“वहांहरुले हस्ताक्षर नभएको प्रेस विज्ञप्ति निकाल्न बाध्य हुनुले नै यसको प्रष्ट संकेत गरिसकेको छ । किनकि हस्ताक्षर नभएको प्रेस विज्ञप्तिको कुनै पनि आधिकारिकता नै हुंदैन ।”
कांग्रेस विधानको धारा १७(२)ले नेतृत्व परिवर्तन गर्न सक्छ भनेर धेरैले धेरैलाई भ्रम छर्न सफल भएको उल्लेख गर्दै नेता गुरुङले यसलाई मूढ तर्क र गलत व्याख्याका रुपमा टिप्पणी गरेका छन् । उनले लेखेका छन् “सबैजना बेलैमा प्रष्ट भएको राम्रो हुन्छ कि विधानको धारा १७(२) ले पार्टीको नेतृत्व परिवर्तन गर्न एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन र कुनै पनि हालतमा कहिल्यै पनि सक्दैन । ”
क्रियाशील सदस्यहरुको टुंगो नलागेसम्म कुनै पनि हालतमा १५औं महाधिवेशन हुनै नसक्ने नेता गुरुङको दाबी छ । “सबैभन्दा पहिले क्रियाशील सदस्यहरुको टुंगो लगाऔं । संसारमा विकल्प नभएको मान्छे र विकल्प नभएको समस्याहरु छैनन् । विशेष महाधिवेशनको पनि धेरै विकल्पहरु छन् । ”
कोहि पनि विशेष महाधिवेशन देखि डराएको वा तर्सिएको छैन–नेता कल्याण गुरुङ, भन्छन्–“विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर २५ प्रतिशतको पनि सनाखत हुँदैन ”
कोहि पनि विशेष महाधिवेशन देखि डराएको वा तर्सिएको छैन–नेता कल्याण गुरुङ, भन्छन्–“विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर २५ प्रतिशतको पनि सनाखत हुँदैन ”

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





