• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाल प्रिमियर लिग (एनपिएल) मा शीर्षस्थानको सुदुरपश्चिमसँग अंकविहीन जनकपुर भिड्दै,पोखरा र लुम्बिनीबीच को प्रतिस्पर्धा पनि आजै

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १३, शनिबार ०७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल प्रिमियर लिग एनपिएल अन्तरगत आज पनि दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा पोखरा एभेन्जरर्स र लुम्बिनी लायन्स आमने सामने हुँदादोस्रो खेलमा सिजनको अपराजित सुदुरपश्चिम रोयल्स र गत सिजनको विजेता जनकपूर बोल्ट्स भिड्दैछन् ।

    अहिलेसम्म खेलेका चारवटै खेलमा शतप्रतिशत नतिजा निकालेको सुदुरपश्चिम अंकतालिकाको शीर्षस्थानमा छ ।  यो सिजनमा खराब लय समातेको जनकपुरले अहिलेसम्म एउटा पनि जित निकाल्न सकेको छैन । जनकपुर शुन्य अंकका साथ तालिकाको पुछारमा छ ।

    त्यस्तै तीन खेलेको पोखरा अंक तालिकाको छैटौ स्थानमा रहेको छ भने चार खेल खेलिसकेको लुम्बिनी तालिकाको सातौ स्थानमा छ । एनपिएल अन्तरगत हिजो सम्पन्न खेलमा विराटनगर किङ्स र काठमाडौं गुर्खाजले जित हात पारेका छन् । दिनको दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै तेस्रो जीत निकालेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा पुरा ग¥यो ।यसअघि कर्णालीले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ६० रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।

    हिजो नै भएको पहिलो खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको गरेको थियो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा अलआउ भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटरले दोहोरो अङ्क रन पनि बनाउन सकेनन् ।

    बलिङतर्फ काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम, मिलिन्द कुमारले २–२ विकेट र सन्तोष यादवले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १ सय ४२ रन बनाएको थियो ।

    काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाएका थिए । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । बलिङतर्फ चितवनका सोहिल तन्विरले ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।

    Post Views: 143
    प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार ०७:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.