• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

११ औ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधी टुङ्ग्याउदै एमाले

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १३, शनिबार ०९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मंसीर २७ गतेदेखि २९ सम्म हुने नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन हुँदैछ । सर्वसममत रुपमा महाधिवेसन प्रतिनिधी चयनको प्रयास गरिरहेको एमालेमा निर्वाचनकै माध्यमबाट भएपनि आज प्रतिनिधी टुङग्याउने तयारी भएको हो ।

    सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । अधिकांश क्षेत्रमा निर्वाचनको समय दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको एमालेले जनाएको छ ।

    यसअघि पार्टीको संगठन विभागले आजसम्म प्रतिनिधी चयनका लागि समयसीमासहितको पाँच बुँदे निर्देशन दिएको थियो । विभागले कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट पछाडि नसार्न निर्देशन दिदै १५ गतेभित्र सबै विवरण पठाउन परिपत्र जारी गरेको हो । कतिपय ठाउँमा सर्वसम्मत प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ ।

    प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन पनि विभागले निर्देशन दिएको छ। एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ।

    महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । एमालेको कुल संगठित सदस्य संख्यामध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहनेछन्। पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार ०९:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.