• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुवर्णशम्सेरको त्याग र महाभारतको कथा सम्झाउदैँ देउवालाई कांग्रेस नेता महेश आचार्यको पत्र

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १३, शनिबार १४:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी देख्दछु । यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन । त्यसैले कांग्रेसको संकटमोचन गर्न समयले तपाईंकै त्याग र उदारता खोजेको छ ।

    आदरणीय सभापतिजी,नेपाली कांग्रेस, सादर जयनेपाल !

    तपाईमाथी भएको सांघातिक आक्रमणको केहि समय पछि भानुभाईलाई तपाईंको स्वास्थ्य स्थिति र भेटने संभावनाबारे सोधेको थिए । परिस्थितिबस भेट हुन सकेन । राष्ट्रिय राजनीतिको गम्भीर संकटको बेला पार्टीको वर्तमान अवस्था र निर्णयहिनताले क्षुब्ध बनाएकाले आज यो सार्वजनिक अनुरोध गर्दैछु । झण्डै पाँच दशक देखिको तपाईंसंगको मित्रवत् सम्बन्ध संझिएर यो अनुरोध गर्दैछु । चिन्ताग्रस्त मेरो मनमा बारम्बार यो प्रश्न उठिराखेको छ सभापतिजी – पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ?

    तपाईंको कार्यकाल अब केहि सातामै सकिदैछ, विधानले फेरी सभापति बन्न दिदैन । के तपाईं पुनः प्रधानमन्त्री बन्न चाहनु हुन्छ ? कस्को सहयोगमा ? –ओलीजीको जो आफनै पार्टी भित्र विवादको भुँवरीमा र राज्यका निकायबाट अनुसन्धानको घेरामा हुनुहुन्छ वा प्रचण्डजीको विश्वासमा जो गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय हुनुहुन्छ । यदि यी चाहना छैनन भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा भने कृपया नफस्नुहोस, यस्तो सोचलाइ देशले, समयले र कांग्रेस राजनीतिले स्वीकार्दैन । उदार चित्तले सोच्दा पार्टी राजनीतिमा अब तपाईंका कुनै निजी स्वार्थ बाँकी छैनन् केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौं कांग्रेसजनको संघर्ष र समर्पणको किर्तिको रक्षा गर्नुनै तपाईंको संघर्षपुर्ण जीवनको ध्येय बन्न पुगेको छ भन्ने मलाई लाग्छ ।

    कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी देख्दछु । यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन । त्यसैले कांग्रेसको संकटमोचन गर्न समयले तपाईंकै त्याग र उदारता खोजेको छ । हस्तिनापुर साम्राज्यको आजीवन रक्षा गर्ने प्रतिज्ञा गरेका भीष्मले प्रतिज्ञा पालन गर्ने नाममा अनि ज्ञान र तप साधनाको ओजस्वितालाई गुरु द्रोणाचार्यले नुनको सोझो गर्ने नाममा दुर्योधनको अधर्मि र अत्याचारी शासनको रक्षा गर्न उभिदा यी मनिषीद्वारा परिवर्तन हुँदै गरेको नयाँ युग, त्यो युगको चेतना र तिन्का नायकलाई रोक्ने गंभीर गल्ति भयो । फलस्वरुप महाभारतको विध्वंस हुनपुग्यो । अहिले हाम्रो देशमा युगले कोल्टे फेर्दैछ । नयाँ युग चेतना र नायक जन्मदैछन । तिन्को पदचाप र ध्वनि सुन्न जरुरी छ ।

    आदरणीय सभापतिजी,
    सुबर्ण शमशेरजीको सभापतित्वको कार्यकाल असाधारण थियो।समाजवादलाई पार्टीको आर्थिक कार्यक्रम स्वीकार गर्ने देखि विशेष अधिवेशनको माध्यमबाट राष्ट्रिय राजनीतिको गतिरोध चिर्नेसम्मका घटनामा वहाँको सुझबुझ असाधारण थियो । त्यसबेला २००७ सालको शाही घोषणाले वाचा गरेको विधान परिषदको चुनाव अनिश्चित पारिएको थियो, क्रान्तिका वास्तविक नायक बीपीलाई सत्ताबाट लगातार बाहिर राख्ने षडयन्त्र थियो, कहिले राजाको प्रत्यक्ष शासन कहिले प्रधानमन्त्री फेरिरहने प्रयोगबाट चुनाव ७ बर्षसम्म रोकिएको थियो । देशको यो अन्योल चिर्न तत्काल चुनावको घोषणा र चुनाव गराउन सक्ने कांग्रेस नेतृत्वको सरकार राष्ट्रकै एजेण्डा बनेका थिए ।

    राष्ट्रका यीनै मुद्दालाई पार्टीको एजेण्डा बनाएर कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशन द्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आम निर्वाचन संभव गराएको थियो । यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न श्रध्देय सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिनु भएको थियो । आज फेरी राष्ट्रमा नयाँ पुस्ताको आन्दोलन पछि उठेका मुद्दालाई समेत सम्बोधन गर्न अनि युगीन चेतना र आकाक्षालाई पुरा गर्न कांग्रेसले नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार प्रस्तावित गर्न जरुरी भएको छ जस्का लागि तपाईंको निर्णायक अग्रसरता तपाईंको राजनैतिक जीवनको महत्वपुर्ण उपलब्धि हुनेछ ।
    सादर जय नेपाल सहित,
    महेश आचार्य, वानेश्वर – ३१

    Post Views: 1,933
    प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार १४:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.