बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक सुरु भएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको आव्हानमा बालुवाटारमा निर्वाचन केन्द्रीत बैठक सुरु भएको हो ।
बैठकमा सुरक्षा निकाय प्रमुख , निर्वाचन आयोग र पाँच दलका नेतासहित प्रधानमन्त्री कार्की छलफल गरिरहेकी छन ।
उता आजै नेपाली काङ्ग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । जेनजी प्रदर्शन पछि परिवर्तित अवस्थामा दुई शिर्ष नेता बिच यो पहिलो भेट हो ।
भेटमा देउवा पत्नी डा.आर्जु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सङ्गै थिए । भेटमा के बिषयमा कुराकानी भए भन्ने चाहिँ सार्वजनिक भैसकेको छैन ।






