राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडनेछन् ।
दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।






