नेपाल प्रिमियर लिग एनपीएलमा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सका बीचमा प्रतिष्पर्धा हुँदैछ । आजको खेलले यी दुई मध्ये तालिकाको पुछारमा कुन टिम रहने भन्ने टुंगो लगाउने भएकाले प्रतिष्ठाको लडाइँ लड्दै छन् ।
दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।
तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।






