निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको हो ।
साथै, आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थल मध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेश÷जिल्ला निर्वाचन कार्यालय मार्फत निवेदन दिन आग्रह गरेको छ ।
त्यसैगरी फागुन २० गतेसम्म १८ वर्ष पुग्ने नेपाली नागरिकले फागुन २१ गतेको चुनावमा भोट हाल्न पाउने पनि जनाएको छ । फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मितिलाई निर्धारण गरी देशभरबाट संकलित मतदाता विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ निर्वाच आयोगले जनाएको हो ।






