• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एनपिएलकाे फाइनलिष्ट बन्यो सुदुरपश्चिम रोयल्स

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २३, मंगलवार २०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎ नेपाल प्रिमियर लिग (एनपीएल) दोश्रो सस्करणको फाइनलमा पुग्ने पहिलो टोलि सुदुरपश्चिम रोयल्स बनेको छ ।  मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
    सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा  १४ ओभर एक बलमा ७८ रनमा बिराटनगर रोकिदा सुदुरपश्चिम विजेता बन्यो ।  विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए तर त्यो रन  जितका लागि सहयोगी पनि बन्न सकेन । फाइनल यात्रा तय गर्न कस्सिएको बिराटनगरका साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए । जुन रनले अब फाइनलका लागि अर्को खेल्न पर्ने बनायो ।

    बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई-दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक-एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

    ‎सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।

    ‎बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुईदुई तथा सूर्य तामाङ र साम हिटलेटले एकएक विकेट लिए ।
    सुदूरपश्चिमका लागि लगातार दोस्रो पटक फाइनल यात्रा हो ।  अघिल्लो सस्करणमा  फाइनल पुगेको सुदुरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग निरीह  भएको थियो ।

    ‎सुदूरपश्चिमले अब उपाधिका लागि शनिवार खेल्नेछ । आज पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाजर लुम्बिनी लायन्सबिचको बिजेता सङ्ग खेल्ने छ ।

    एनपिएलको फाइनल खेल आउदो शनिबार त्रीवी अन्तरास्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

    Post Views: 96
    प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार २०:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.