• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‎पहिलो नम्वरमा डा. शशांक

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २६, शुक्रबार १८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले घोषणा गरेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचन हुनेमा जो कोहि निश्चिन्त छैनन । तर नेपाली काङ्ग्रेसके त्यो चुनावका लागि उम्मेदवार तय गर्ने गरि सिफारिस मागिरहेको छ ।

    यो क्रममा कुनै निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएको छ भने कतिपय नेताको भने दुई वा त्यो भन्दा बढी निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । तर शालिन र सभ्य साथैमा उत्कर्षमा पुग्न लागेको काङ्ग्रेसको १५ औ महाधिवेशनमा सभापतिका मुख्य र प्रवल दावेदार मानिएका पुर्व महामन्त्री डा.शशांक कोइरालाको राष्ट्रिय चुनावमा उपस्थिति के हुन्छ भन्ने स्वभाविक छ ।

    यसै अन्तरग्त फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ ले आफ्नो क्षेत्रका विभिन्न तर्फका उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ। क्षेत्रीय समितिका तर्फबाट  प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा समानुपातिकका नामावली आधिकारिक रूपमा पार्टी केन्द्रमा पठाइएको हो ।
    ‎

    जसमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा उम्मेदवारको पहिलो नम्बरमा डा. शंशाक कोइराला (बीपी पुत्र) को नाम सिफारिस गरिएको छ। उनी सङ्गै महेन्द्रध्वज जिसी, गजेन्द्र बहादुर आले, ओम सापकोटा, अमृत भट्टचन, ओमकला चालिसे, बालकृष्ण घिमिरे, हेमराज कोइराला, अमृत श्रेष्ठ र दाताराम घिमिरेको नाम  सिफारिस सूचीमा समावेश गरिएको छ।
    ‎

    त्यसैगरी राष्ट्रिय सभा तर्फ कृष्णचन्द्र नेपाली दोर्णवन सन्यासी र भानु सिग्देललाई केन्द्रमा सिफारिस गरिएको बताइएको छ।‎समानुपातिक सूचीमा भने सत्यनारायण खनाल, विष्णु पाण्डे, धनबहादुर राना मास्के, टोलनाथ घिमिरे, सङ्गीता घिमिरे, सरस्वती तिमिल्सेना र शान्ति न्यौपानेको नाम समावेश छन्। क्षेत्रीय सहसचिव तेजप्रसाद घिमिरेका अनुसार सबै नाम पार्टीको प्रदेश तथा केन्द्रिय प्रक्रियाअनुसार पठाइएको हो।

    “लगातार निर्वाचन जितिरहेका डा.शशांक यो पटक पनि बलिया दावेदार र उम्मेद्द्वार हुन । उनको उम्मेदवारी मा विवाद नहोला ।” नवलपुर क्षेत्र नम्वर १ का एक स्थापित नेताले भने ।

    Post Views: 357
    प्रकाशित मिति: २०८२ मंसिर २६, शुक्रबार १८:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
    पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
    ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
    Advertisement
    ताजा अपडेट
    • १. सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

    • २. पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

    • ३. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    • ४. सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

    • ५. गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.