नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा प्रकरणमा मुछिएकी २०४६ सालमा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनकी भाईबुहारी अर्थात कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंहले जनाएकी छन् । सृजनाका अनुसार रिता लामो समयदेखी किड्नी फेलियर भएर डायलेसीसमा थिइन ।
पछिल्लो समय उनी डिप्रेशनको पनि बिरामी थिइन् । उनको शोभाभगवती, कर्णद्दिपमा ११ बजे दाहसंस्कार हुने सृजनाले जानकारी दिएकी छन् ।






