उच्च अदालत तुलसीपुरले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने रिहा गर्ने आदेश दिएको छ ।अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटिमा रिहा गर्ने आदेश गरेको हो ।
लामिछानेलाई बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने पनि उच्चले आदेश गरेको छ । धरौटी रकम बुझाएपछि नख्खु कारागारमा रहेका लामिछाने थुनामुक्त हुने छन्।








