• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

साफ महिला क्लब च्याम्पियनसिपको फाईनल खेल आज

"उपाधीका लागि एपीएफ र भारतको इस्ट बंगाल एफसी भिड्दै "
  •  नेपाल चौतारी
  • २०८२ पुष ५, शनिबार ०८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाईनल खेल आज हुँदैछ । च्याम्पियनसिपको उपाधिका लागि नेपालको विभागीय टोली एपीएफ र भारतको इस्ट बंगाल एफसी भिड्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

    राउन्ड रोबिनको एक खेलअघि नै फाईनलमा स्थान पक्का गरेका दुवै टोली आँज साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आमने सामने हुने भएका हुन् । राउन्ड रोबिनको खेलमा इस्ट बंगाल शीर्ष र एपीएफ दोस्रो स्थानमा छन् । फाइनलअघि राउन्ड रोबिनको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नतिजा निकालेका थिए ।

    राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भरिएको एपीएफले घरेलु मैदानमा बलियो र चिरपरिचत इस्ट बंगालको चुनौती पन्छाउँदै उपाधि चुम्ने लक्ष्यमा छ । एपीएफसँग आफ्ना स्टार फरवार्ड तथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा), मिडफिल्डर प्रिति राई र गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको अनुपस्थितीलाई पुरा गर्ने चुनौती छ । त्यस्तै ५ विदेशी खेलाडीसहित नेपाल आएको इस्ट बंगाल एपीएफका ती स्टार नभएको मौका सदुपयोगको दाउमा छ ।

    च्याम्पियनसिपमा अपराजित नेपालको एपीएफले बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी , पाकिस्तानको कराँची एफसीमाथि जित निकाल्दा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसी र इस्ट बंगालसँग गोलरहित बराबरी खेलेको थियो । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

    साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा शुरू भएको हो । उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

    Post Views: 179
    प्रकाशित मिति: २०८२ पुष ५, शनिबार ०८:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.