सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि (सोमबार) देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । सो समुहले आइतबार आयोजित पत्रकार सम्मेलन गर्दै देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हो ।
पत्रकार सम्मेलनमा ढुंगानाले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत आह्वान गरे ।
पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।






