प्रतिनिधिसभा विघटन भएपनि सभामुख र उपसभामुख भने अहिलेसम्म बाहल रहेको अवस्था छ । ।संविधान बमोजिम नै प्रतिनिधिसभा विधाटन भएपनि सभामुख र उपसभामुख बाहल रहने व्यवस्था छ । त्यही व्यवस्था अनुृसार अहिले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर पदमा बाहल छन् । संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने उल्लेख छ । संविधानको यो व्यवस्था अनुसार घिमिरे र रानामगरको कार्यकाल पुस १२ मा सकिनेछ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिने बताएको छ । संविधानको धारा ९१ (६) (क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’
यसैगरी, ऐनको दफा २८(८) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ ।






