नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।






