जेनजी आन्दोलनका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगले शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको हो ।
आयोगले मंगलबार लेखकलाई औपचारिक रूपमा पत्र काटेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने आयोगले आज पत्र काटेको छैन् ।






